इजरायलका धेरै क्षेत्रमा रकेट आक्रमणको चेतावनी दिने साइरन बज्यो

डिसी नेपाल
२० असोज २०८० १२:२९
152
Shares

काठमाडौं । इजरायलका धेरै सहरहरूमा रकेट आक्रमणको चेतावनी दिने साइरन सुनिएको छ।

दक्षिणी गाजा र तेल अवीव नजिकका क्षेत्रमा आक्रमणको चेतावनी दिने साइरन केही मिनेटसम्म बजिरहेको थियो।

देशको दक्षिणी र मध्य क्षेत्रका धेरै शहरहरूमा चेतावनी साइरन सुनिएको छ।

यी क्षेत्रका मानिसहरूले विस्फोटको आवाज सुनेका छन्।

यस्ता धेरै भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट गरिएका छन् जसमा गाजाबाट रकेट आक्रमण भएको दाबी गरिएको छ। तर, यी कुरा तत्काल पुष्टि हुन सकेको छैन ।

इजरायल डिफेन्स फोर्सले अझै जानकारी दिएको छैन र जानकारीको समीक्षा भइरहेको बताएको छ।

यसैबीच गाजाको शिक्षा मन्त्रालयले आज सबै विद्यालयमा बिदा दिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *