रूसी आक्रमणमा गाउँको १० प्रतिशत जनसंख्या मारिएपछि अहिले अवस्था कस्तो छ ?

डिसी नेपाल
२० असोज २०८० १२:३१
252
Shares

काठमाडौं । पूर्वी युक्रेनको ह्रोजा गाउँमा रुसको मिसाइल आक्रमणमा गाउँका प्रत्येक परिवारका कोही न कोही मारिएका छन् ।

बीबीसी संवाददाता क्रिस्टी कुनीका अनुसार यस मिसाइल आक्रमणमा गाउँका करिब १० प्रतिशत जनसंख्याको मृत्यु भएको थियो।

गृहमन्त्री इलोर क्लिमेन्कोले उक्त हमलामा गाउँका ५१ जनाको मृत्यु भएको बताए ।

मृत्यु हुनेमा एक आठ वर्षीय बालक पनि छन् । खार्किभ क्षेत्रको यो गाउँमा आक्रमण हुँदा मानिसहरू अन्त्येष्टि गर्न भेला भएका थिए।

क्लिमेन्कोले भने, “गाउँका हरेक परिवारका मानिसहरू त्यहाँ उपस्थित थिए।”

युक्रेनको रक्षा मन्त्रालयले यस आक्रमणको लागि रुसलाई जिम्मेवार ठहर गर्दै उक्त क्षेत्रमा कुनै सैन्य लक्ष्य नभएको बताएको छ ।

रुसले यस आक्रमणको बारेमा कुनै प्रत्यक्ष टिप्पणी गरेको छैन।

तर रुसको सरकारी समाचार एजेन्सी रिया नोवोस्तीले रुसी सेनाले कुप्यान्स्क जिल्लामा रहेका २० युक्रेनी लक्ष्यमा हवाई आक्रमण गरेको बताएको छ ।

ह्रोजा गाउँ यस जिल्लामा पर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *