क्यानडाले भारतबाट आफ्ना कूटनीतिज्ञहरूलाई निकालेर कहाँ पठाउँदैछ ?
काठमाडौं । समाचार एजेन्सी पीटीआईका अनुसार क्यानडाका केही मिडिया रिपोर्टहरूले क्यानडाले भारतमा रहेको आफ्नो दूतावासबाट अधिकांश कूटनीतिज्ञहरूलाई हटाएको बताएका छन् ।
खालिस्तान समर्थक पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्यापछि सुरु भएको विवादपछि भारतले क्यानडालाई केही कूटनीतिज्ञ हटाउन अक्टोबर १० सम्मको समय दिएको थियो ।
भारतले क्यानडामा भारतीय कूटनीतिज्ञ कम रहेकाले भारतमा पनि क्यानेडियन कूटनीतिज्ञको संख्या बराबर हुनुपर्ने बताएको छ ।
पीटीआईका अनुसार दिल्लीबाट बाहिर काम गरिरहेका क्यानाडाका अधिकांश कूटनीतिज्ञहरूलाई क्वालालम्पुर वा सिंगापुर पठाइएको रिपोर्टहरू छन्।
क्यानडाको निजी न्यूज च्यानल सीटीभी न्यूजको रिपोर्ट अनुसार दुई देशबीच बढ्दो कूटनीतिक विवादका बीच भारतले क्यानडालाई कूटनीतिज्ञको संख्या घटाउन आग्रह गरेको थियो ।
क्यानडाले भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेको प्रतिक्रियामा भारतले निज्जरको हत्यासम्बन्धी आरोपलाई ‘आधारहीन’ र ‘राजनीति प्रेरित’ भन्दै अस्वीकार गरेको छ र क्यानडाका एक वरिष्ठ कूटनीतिज्ञलाई निष्कासन गरेको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भर्खरै भनेका थिए कि भारतले कूटनीतिज्ञको संख्यामा समानता चाहन्छ किनभने क्यानडाका भारतका भन्दा बढी कूटनीतिज्ञ छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment