अफगानिस्तानमा भूकम्प, क्रिकेटर राशिद खानले गरे सहयोगको ठूलो घोषणा

डिसी नेपाल
२१ असोज २०८० १६:३८
2.9k
Shares

काठमाडौं । अफगानिस्तानमा गएको भूकम्पका कारण दुई हजारभन्दा बढीको मृत्यु भएको छ ।

भूकम्पका कारण भएको क्षतिलाई ध्यानमा राख्दै अफगानिस्तानका क्रिकेटर राशिद खानले सहयोगको घोषणा गरेका छन् । राशिद खान हाल विश्वकप खेल्न भारतमा छन् ।

राशिद खानले ट्विट गर्दै भनेका छन्, ‘विश्वकप २०२३ को लागि मैले जति खेल शुल्क कमाउने छु, त्यो भूकम्पबाट प्रभावित मानिसहरूलाई सहयोग गर्न दान गर्नेछु। हामी चाँडै कोष उठाउन अभियान सुरु गर्नेछौं र त्यसो गर्न मद्दत गर्न सक्नेहरूलाई अनुरोध गर्नेछौं ।’

यस भूकम्पका कारण नौ हजारभन्दा बढी घाइते भएको तालिबान अधिकारीहरूले बताएका छन् । भूकम्पका कारण ४ सय ६५ भन्दा बढी घर ध्वस्त भएका छन् भने १३५ घरमा क्षति पुगेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *