प्यालेस्टाइनको गाजामा १ लाख २३ हजार मानिसले घरबार छोडे

डिसी नेपाल
२३ असोज २०८० १२:२३
3.8k
Shares

काठमाडौं । गाजामा आफ्नो घर भत्किएपछि सुरक्षाको लागि डर र त्रासका कारण १ लाख २३ हजारभन्दा बढी मानिस घरबारविहीन भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

मानवीय मामिला समन्वय कार्यालय (ओचा)ले ७३ हजारले विद्यालयमा शरण लिएको जनाएको छ ।

प्यालेस्टाइनमा शरणार्थीका लागि काम गर्ने संयुक्त राष्ट्रसंघीय निकाय (युएनआरडब्ल्यूए) ले यो संख्या बढ्ने डर व्यक्त गरेको छ ।

गाजामा २३ लाख प्यालेस्टाइनीहरू बस्छन्। शनिबार बदला लिनुअघि इजरायलले केही क्षेत्रका बासिन्दाहरूलाई छाड्न चेतावनी दिएको थियो।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने, “म गाजाका जनतालाई भन्छु अब यहाँबाट हट्नुहोस् किनभने हामी हाम्रा सेनाहरूसँग जताततै कारबाही गर्न जाँदैछौं।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *