हार्वर्डकी प्राध्यापक क्लाउडिया गोल्डिनलाई अर्थशास्त्रको नोबेल पुरस्कार

डिसी नेपाल
२३ असोज २०८० १३:२१
64
Shares

काठमाडौं । सन् २०२३ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार क्लाउडिया गोल्डिनलाई दिने घोषणा गरिएको छ ।

महिलाको आम्दानी र श्रम बजारको विस्तृत अध्ययनका लागि उनलाई यो पुरस्कारका लागि छनोट गरिएको हो ।

रोयल स्वीडिश एकेडेमीले ट्विट गर्दै यो जानकारी दिएको हो । एकेडेमीले गोल्डिनले महिला श्रम बजारको नतिजाबारे हाम्रो बुझाइलाई अगाडि बढाएको बताएको छ।

क्लाउडिया गोल्डिन हार्वर्ड विश्वविद्यालयमा अर्थशास्त्र पढाउँछिन्। उनको अध्ययनको दायरामा महिला श्रम, आम्दानीमा लैङ्गिक भिन्नता, आर्थिक असमानता, प्राविधिक परिवर्तन, शिक्षा र आप्रवासन समावेश छ।

उनको ‘करियर एन्ड फेमिलीः वुमन सेन्चुरी लङ जर्नी टुवर्ड इक्विटी’ नामक पुस्तक हालै प्रकाशित भएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *