युद्ध नसकिँदासम्म इजरायली बन्धकहरूका सम्बन्धमा कुनै वार्ता नगर्ने हमासको अडान

डिसी नेपाल
२४ असोज २०८० ११:३९
348
Shares

काठमाडौं । प्यालेस्टिनी चरमपन्थी संगठन हमासले युद्ध समाप्त नभएसम्म इजरायली बन्धकहरूका बारेमा वार्ता नगर्ने बताएको छ।

हमासको राजनीतिक शाखाका प्रमुख इस्माइल हानियाले भने, “हामीले शत्रु कैदीहरूको बारेमा जानकारीको लागि हामीलाई सम्पर्क गर्नेहरूलाई लडाइँ समाप्त नभएसम्म यो फाइल नखोल्ने बताइसकेका छौं।”

इजरायलको अनुमानअनुसार हमासले उसका १०० देखि १५० जनालाई बन्दी बनाएको छ। यसैबीच, इजरायली सेनाले गाजा पट्टीमा हमासको स्थानलाई निशाना बनाएको बताएको छ।

इजरायलको वायुसेनाले गाजामा गएराति २ सय वटा लक्ष्यलाई निशाना बनाएको बताएको थियो । प्यालेस्टिनी अधिकारीहरूले गाजामा इजरायलको आक्रमणमा हालसम्म ७७० जनाको मृत्यु भएको पुष्टि भएको बताएका छन् ।

प्यालेस्टिनी स्वास्थ्य विभागका अधिकारीहरूले भने, “गाजा पट्टीमा अहिलेसम्म ७७० जनाको मृत्यु भइसकेको छ। करिब ४१०० व्यक्ति घाइते भएका छन्।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *