गाजाबाट यस्ता तस्विर आउनेछन् जुन हेर्न गाह्रो हुनेछ– इजरायली सेना

डिसी नेपाल
२४ असोज २०८० १५:२२
2.7k
Shares

काठमाडौं । इजरायल र गाजामा बढ्दो मृत्युको संख्याको बीचमा, इजरायली सेनाले “लडाई तीव्र हुने” चेतावनी दिएको छ।

इजरायली सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल जोनाथन कन्रिकसले एक भिडियो वक्तव्यमा भनेका छन्, “हामीले ठूलो क्षति बेहोर्नुपरेको छ, तर यसले हामीलाई रोक्न सक्दैन र यसले हाम्रो संकल्पलाई कमजोर बनाउँदैन।”

“यो लडाई जारी रहनेछ र गाजा पट्टीका दृश्यहरू हेर्न धेरै गाह्रो हुनेछ।”

हमासका प्रवक्ताले गाजामा गएराति इजरायली आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको बताएका छन् ।

इजरायली सेनाले मङ्गलबार राति गाजाका २०० वटा लक्ष्यमा आक्रमण गरेको जनाएको छ ।

आधिकारिक तथ्याङ्क अनुसार हालसम्म इजरायलमा १२ सय र गाजामा ९ सय जनाको ज्यान गएको छ ।

गाजामा धेरै वर्षदेखि यस्तो तीव्र आक्रमण नदेखिएको मानवअधिकारकर्मीहरू बताउँछन्। गाजामा कुनै पनि ठाउँ सुरक्षित छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *