बेलायती विदेशमन्त्री जेम्स क्लेभरली इजरायल पुगे

डिसी नेपाल
२५ असोज २०८० १२:३९
60
Shares

काठमाडौं । बेलायतका विदेशमन्त्री जेम्स क्लेभरली इजरायल पुगेका छन् । एक सरकारी प्रवक्ताले भने, “परराष्ट्रमन्त्री हमासको आक्रमणपछि इजरायलका जनतासँग ऐक्यबद्धता व्यक्त गर्न आज इजरायल आइपुगेका छन्।”

उनले आक्रमणबाट प्रभावित जनता र इजरायलका नेताहरुलाई भेट्ने बताए ।

हमासले शनिबार इजरायलमा गरेको आक्रमणपछि इजरायलमा सयौंको मृत्यु भइसकेको छ । इजरायली सेनाका अनुसार १२ सय जनाको मृत्यु भएको छ भने २७ सयभन्दा बढी घाइते भएका छन् ।

यसैबीच प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले गाजामा जारी इजरायली आक्रमणमा मृत्यु हुनेको संख्या १०५५ पुगेको जनाएको छ ।

इजरायलमा हमासको आक्रमणपछि बेलायतको बयान पनि आएको छ । बेलायतले भनेको छ, “इजरायलमा हमास आतंककारीले गरेको आक्रमणबाट हामी स्तब्ध भएका छौं। इजरायललाई आफ्नो रक्षा गर्ने पूर्ण अधिकार छ। हामी इजरायली अधिकारीहरूसँग सम्पर्कमा छौं।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *