इजरायल र हमास द्वन्द्वका बीच अमेरिकी विदेशमन्त्रीले प्यालेस्टाइनका राष्ट्रपतिलाई भेट्ने

डिसी नेपाल
२५ असोज २०८० १६:३७
112
Shares

काठमाडौं । प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग भेट गर्नेछन्।

प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसनको कार्यकारी समितिका महासचिव हुसेन अल-शेखले यो जानकारी दिएका छन्।

एन्टोनी ब्लिन्केन अब केही घण्टामा इजरायल पुग्न लागेका छन्, आफ्नो भ्रमणमार्फत उनी इजरायलसँगको ऐक्यबद्धता देखाउन चाहन्छन्।

यसैबीच प्यालेस्टाइनका एक अधिकारीले ट्वीटरमा प्यालेस्टिनी राष्ट्रपति अब्बासले बिहीबार जोर्डनका राजा अब्दुल्लाहसँग अमानमा भेट्ने बताएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *