इजरायलमाथि आक्रमण गर्न सक्षम छौं, थप हमला हुनेछः हमास
गाजा। प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायल बिचको जारी युद्धका कारण लाखौं मानिस घरबारविहीन भएका छन्।
गत शनिवार बिहानै अप्रत्याशित र आश्चर्यजनक रुपमा हमासले इजरायलमाथी आक्रामण गरे पछि उत्पन्न बिषम परिस्थीतिका कारण लाखौं मानिस घरबार बिहिन भएका छन्।
इजरायलले गाजा शहरका बिभिन्न भागमा आक्रामण जारी राखेको छ। इजरायलका अनुसार तत्काल सो आक्रामण रोकिने वाला छैन।
यसैबिच, हमासकाको सैन्य शाखाले गाजामा इजरायली जमिन आक्रमणसँग लड्न सक्षम रहेको बताएको छ।
हमासको सैन्य शाखा कासिम ब्रिगेडका प्रवक्ता अबु ओबैदाले भनेका छन, ‘हामी हाम्रो भुमी रक्षाका पक्षहरूमा छौं, हामी पुनः इजरायल माथीको हमलालाई दोहोर्याउँछौं।’
‘शत्रुको कारबाहीले हामीलाई नयाँ विकल्पतर्फ लाग्न बाध्य तुल्याएको छ, जसले गर्दा शत्रुलाई अब ठूलो नोक्सान हुदैँछ अब शत्रुहरुले हाम्रो आक्रामणको प्रतिक्षा गरेर बसे हुन्छ,’ हमासको सैन्य बिग्रेडले भनेको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment