ओडिशाका ३५ कामदारलाई लाओसमा ‘बन्धक’ बनाइयो

डिसी नेपाल
२७ असोज २०८० १३:०९
180
Shares

काठमाडौं । भारतको ओडिशाका ३५ कामदारलाई लाओसमा बन्धक बनाएको खबर छ । ती व्यक्तिहरु जुन कम्पनीमा काम गर्थे, त्यही कम्पनीले उनीहरुलाई बन्धक बनाएको बताइएको छ ।

यी मजदुरहरूले एउटा भिडियो पोष्ट गरेका छन् जसमा उनीहरू काम गरिरहेको प्लाइउड कम्पनीले डेढ महिनाअघि काम रोकेको देखाएको छ ।

तर यति दिन बितिसक्दा पनि न त घर फर्किन पाएका छन् न त बक्यौता तलब नै दिइएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार भिडियो सार्वजनिक भएपछि ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले लाओसमा फसेका यी कामदारहरूलाई फिर्ता ल्याउने व्यवस्था गर्न शीर्ष अधिकारीहरूलाई निर्देशन दिएका छन्।

उक्त निर्देशनपछि लाओसस्थित भारतीय दूतावासमा यो विषय उठाएको प्रदेश मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । दूतावासले ती कामदारलाई सुरक्षित भारत पठाउन हरसम्भव प्रयास गर्ने आश्वासन दिएको छ ।

मजदुरहरूले आफ्नो गाउँका मानिसहरूलाई पठाएको भिडियोमा उनीहरूले खानाका लागि पैसा नरहेको बताएका छन्। यति हुँदाहुँदै पनि उनीहरुलाई भारत फर्कन दिइँदैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *