इजरायली आक्रमणमा हमासका वायुसेना प्रमुखको मृत्यु

डिसी नेपाल
२७ असोज २०८० १३:२४
356
Shares

काठमाडौं । गाजा सहरमा हमासको हवाई आक्रमणको नेतृत्व गरेका वरिष्ठ कमाण्डर मुराद अबु मुराद इजरायली सेनाको कारबाहीमा मारिएको बताइएको छ।

समाचार एजेन्सी एएफपीले रिपोर्ट गरेअनुसार मुराद अबु मुराद इजरायली सेनाले हमासको सञ्चालन केन्द्रमा शुक्रबार गरेको आक्रमणमा मारिएका छन् । हमासले आकाशमा आफ्नो गतिविधि यहाँबाट गर्छ । यद्यपि हमासले यसको पुष्टि गरेको छैन।

इजरायली अखबार ‘जेरुसेलम पोस्ट’ ले पनि मुराद अबु मुरादको मृत्युको खबर सोसल मिडिया प्लेटफर्म एक्समा दिएको छ। यस पोस्टमा मुरादलाई हमासको वायुसेना प्रमुखको रूपमा वर्णन गरिएको छ।

इजरायलमा शनिबार बिहानैदेखि स्थलगत कारबाही सुरु भएको छ । इजरायली सेनाले हमासका धेरै स्थानमा आक्रमण गरेको जनाएको छ ।

यसअघि शुक्रबार इजरायलले उत्तरी गाजाका जनतालाई २४ घण्टाभित्र दक्षिणी गाजामा जान आग्रह गरेको थियो । शुक्रबारदेखि हजारौं मानिस गाजाको दक्षिणी क्षेत्रतर्फ जान थालेका थिए ।

संयुक्त राष्ट्र संघले इजरायलको यो आदेशको आलोचना गरेको थियो र यसले हालको त्रासदीलाई अझ भयावह बनाउने बताएको थियो। जबकि इजरायलले राष्ट्रसंघका लागि यस्तो गर्नु लाजमर्दो भएको बताएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *