बेन्जामिन नेतान्याहुले गाजा सिमानामा सैनिकलाई भेटे

डिसी नेपाल
२८ असोज २०८० १३:४५
372
Shares

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा इजरायली सेनाको भूमिगत कारबाहीको तयारीको बीचमा सोशल मिडिया साइट एक्समा नयाँ भिडियो साझा गरेका छन् ।

भिडियोमा उनी इजरायली सैनिकसँग भेटघाट र कुराकानी गरिरहेको देखिन्छ । भिडियोसँगै उनले लेखेका छन्, ‘गाजाको अग्रपंक्तिमा सैनिकहरूसँग। हामी सबै तयार छौं।’

प्रधानमन्त्रीको कार्यालयबाट छुट्टै विज्ञप्तिमा भनिएअनुसार नेतान्याहुले गाजा पट्टी बाहिर इजरायली सेनालाई भने, “के तपाई अर्को चरणको लागि तयार हुनुहुन्छ? अर्को चरण आउँदैछ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *