जो बाइडेनले प्यालेस्टिनी प्राधिकरणका अध्यक्षलाई हमास आक्रमणको निन्दा गर्न अपील गरे

डिसी नेपाल
२८ असोज २०८० १४:३८
124
Shares

काठमाडौं । इजरायल-प्यालेस्टाइन द्वन्द्वका बीच अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र प्यालेस्टाइन प्राधिकरणका अध्यक्ष महमुद अब्बाससँग फोनमा कुराकानी गरेका छन्।

दुवै नेतासँगको छुट्टाछुट्टै कुराकानीमा राष्ट्रपतिले नागरिकको सुरक्षा सुनिश्चित गर्न दुवै पक्षलाई आग्रह गरेका छन् ।

बाइडेनले इजरायली प्रधानमन्त्रीलाई आफ्नो समर्थन जारी राख्ने आश्वासन दिँदै, उनले महमूद अब्बासलाई गत शनिबार हमासले इजरायलमा गरेको आक्रमणको निन्दा गर्न अपील गरे।

उनले अब्बासलाई हमासको निन्दा गर्दै विज्ञप्ति जारी गर्न आग्रह गरेका छन्।

उनले अब्बाससँग मानवीय सहायताका विषयमा पनि कुरा गरे र यस विषयमा प्यालेस्टिनी प्राधिकरणलाई आफ्नो पूर्ण सहयोग जारी रहने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *