हमासले उत्तरी गाजाबाट मानिसहरूलाई बाहिर जान नदिएको इजरायली सेनाको दावी
काठमाडौं । इजरायली सेनाका प्रवक्ता जोनाथन कोनरिकसले पत्रकार सम्मेलनमा हमासले गाजा छाड्न नागरिकलाई रोक्न खोजेको दाबी गरेका छन् ।
उनले दाबी गरे, “हमासले उत्तरी गाजाबाट दक्षिणतर्फ सर्ने मानिसहरूलाई क्षेत्र छाड्न सक्रिय रूपमा रोकिरहेको छ।”
उनले हमासले मानव जीवनको मूल्यलाई बेवास्ता गरेको आरोप पनि लगाए।
जमिन आक्रमणको घोषणा गर्दै इजरायलले उत्तरी गाजामा बसोबास गर्ने ११ लाख प्यालेस्टिनीहरूलाई दक्षिणतर्फ जान आग्रह गरेको छ। हजारौं मानिस पैदल वा सवारी साधनमा इलाका खाली गर्दै छन्। यद्यपि, हमासले प्यालेस्टाइनीहरूलाई यो आदेश बेवास्ता गर्न आग्रह गरेको छ।
कोनरिकसले एउटा हवाई तस्बिर देखाए जसमा हमासका दुईवटा गाडीले नागरिकहरूको लस्कर रोकेको दाबी गरिएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment