हमासले भन्यो- ‘हामीलाई युद्धविरामको बारेमा कुनै जानकारी छैन’
काठमाडौं । समाचार एजेन्सी रोयटर्सले गाजाको चरमपन्थी संगठन हमासलाई उद्धृत गर्दै युद्धविरामको बारेमा हमासलाई कुनै जानकारी नभएको बताएको छ।
केही समयअघि रोयटर्सले इजिप्टका दुई सुरक्षा स्रोतलाई उद्धृत गर्दै दक्षिणी गाजामा युद्धविरामका लागि अमेरिका, इजिप्ट र इजरायलबीच सम्झौता भएको बताएको थियो। यो युद्धविराम स्थानीय समय अनुसार बिहान ९ बजेदेखि लागू हुनेछ ।
रोयटर्सले हमासको मिडिया कार्यालयलाई उद्धृत गर्दै भनेको छ कि उनीहरूलाई ‘मानवीय आधारमा प्रस्तावित युद्धविराम’ बारे कुनै जानकारी छैन।
इजिप्टको रफाह क्रसिङ गाजाको एक मात्र सिमाना हो जुन इजरायलद्वारा नियन्त्रित छैन। इजिप्टमा अन्तर्राष्ट्रिय एजेन्सीहरूबाट यसलाई खोल्नको लागि बढ्दो दबाब थियो।
गाजाबाट बाहिर निस्कनका लागि यस सीमा नजिक ठूलो संख्यामा मानिस जम्मा भएका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment