हमाससँगको द्वन्द्वका बीच इजरायली प्रधानमन्त्रीले भने- सिङ्गो देश सेनाको साथमा छ
काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले देशको विस्तारित आपतकालीन सरकारले दिनरात काम गरिरहेको बताएका छन् । उनले भने, ‘यतिबेला सरकारमा रहेका सबै एकजुट छन् ।’
तेल अवीवमा भएको मन्त्रिपरिषद् बैठकमा नेतान्याहुले इजरायली एकताको सन्देश सम्पूर्ण देश, यसका शत्रु र सम्पूर्ण विश्वमा स्पष्ट रूपमा पुग्नु पर्ने बताए।
सो क्रममा गत शनिबार हमास हमलामा मारिएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।
नेतन्याहुले मन्त्रिपरिषद्लाई भने ‘सेनालाई थाहा छ कि यस समयमा सम्पूर्ण देश यसको पछाडि उभिएको छ। यसका लागि यो ‘अशुभ घडी’ हो भन्ने देशलाई थाहा छ ।’
यसैबीच, इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले गाजामा स्थल, हवाई र समुद्री मार्गबाट आक्रमण गर्ने योजना बनाएको बताएको छ, तर यी स्थल आक्रमण कहिले हुनेछन् भन्ने बताएको छैन।
शनिबार राति, नेतान्याहुले आक्रमणको तयारी गरिरहेका सैनिकहरूलाई भेटे।
No ads found for this position

डिसी नेपाल
Facebook Comment