इजरायलले लेबनानी सीमामा बसोबास गर्ने आफ्ना नागरिकहरूलाई बाहिर निकाल्दै
काठमाडौं । इजरायलले लेबनान सीमा नजिकै उत्तरी इजरायलका मानिसहरूलाई बाहिर निकाल्न थालेको छ।
इजरायली सेनाले सीमाको दुई किलोमिटर भित्र बस्ने मानिसहरूलाई उक्त क्षेत्रबाट बाहिर निकालेर सरकारी गेस्ट हाउसमा राखिने जनाएको छ।
आइतबार हिजबुल्लाहको मिसाइल आक्रमणमा सीमावर्ती गाउँका एक व्यक्तिको मृत्यु भएको थियो।
इजरायलले हिजो राति लेबनानी चरमपन्थी समूह हिजबुल्लाहको सैन्य आधार शिविरमा आक्रमण गरेको थियो । यसमा कसैको ज्यान गएको खबर छैन ।
इजरायल, अमेरिका र इजिप्टले दक्षिणी गाजामा युद्धविराम गर्न सहमत भएको मिडिया रिपोर्टहरू छन्।
इजिप्ट र गाजाको सिमानामा रहेको रफाह क्रसिङ पनि सोमबार करिब दुई घन्टाका लागि खोलिने समाचार छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment