गाजा अस्पतालमा आउने घाइतेमध्ये आधा बालबालिका, धेरैको परिवारमा उनीहरू बाहेक कोही जीवित छैन

डिसी नेपाल
३० असोज २०८० ११:२३
492
Shares

काठमाडौं । गाजाका एक डाक्टरले बीबीसीलाई बताएअनुसार यहाँ अस्पतालमा आउने घाइतेमध्ये आधा बालबालिका छन्।

तिनीहरूमध्ये केही यस्ता बच्चाहरू छन् जसको परिवारमा उनीहरू बाहेक कोही जीवित छैन।

डा. घसान अबु सिट्टा अधिकांश समय बेलायतमा काम गर्छन् र गत सोमबार मात्र गाजा पुगेका थिए। उनी यहाँ उत्तरी क्षेत्रमा रहेको अस्पतालमा कार्यरत छन् ।

उनले भने, ‘चार र पाँच वर्षका दुई बालिकालाई आइतबार अस्पतालमा ल्याइएको थियो । उनीहरूको शरीर जलेको छ भने टाउकोमा चोट लागेको छ ।’

डाक्टर सिट्टाले भने, ‘परिवारमा उनीहरू मात्रै बाँकी छन् । हामी हरेक दिन यस्तै केसहरू पाइरहेका छौं। ”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *