गाजाबाट १० लाख मानिस विस्थापितः राष्ट्रसंघ

डिसी नेपाल
२ कार्तिक २०८० ८:४२
188
Shares

जेरूसलम। संयुक्त राष्ट्र संघले गाजाबाट करिब १० लाख मानिस बिस्थापित भएको जनाएको छ।

इजरायली धम्की पछि १० लाख प्यालेस्टाइनीले आफ्नो घरबार छोडेर भागेका छन्, जुन घेराबन्दीमा परेको एन्क्लेभको आधा जनसंख्या बराबर रहेको छ।

संयुक्त राष्ट्रको पछिल्लो मानवीय अपडेट अनुसार मध्य र दक्षिणी गाजामा प्यालेस्टिनी शरणार्थीहरूको लागि संयुक्त राष्ट्र एजेन्सी युएनरडब्लुए सञ्चालित स्कूलहरूमा आश्रय खोज्ने लगभग ३ लाख ५२ हजार मानिसहरू समावेश छन्।

युएनरडब्लुएले स्कूलहरू भित्रका अवस्थाहरूलाई ‘बढ्दो रूपमा डरलाग्दो’ भनेर वर्णन गरेको छ। ती मध्ये एउटा विद्यालय, मध्य गाजाको अल मगाजी शरणार्थी शिविरमा मात्रै लगभग ४ हजार आन्तरिक रूपमा विस्थापित मानिसहरू आश्रय लिइ रहेका थिए। जसमाथी इजरायली हवाई हमला परे पछि कम्तिमा छ जनाको मृत्यु भएको राष्ट्र संघले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *