पेन्सिलभेनियाका गभर्नरको कार्यक्रममा नेपाली देउसी भैलो

डिसी नेपाल
२९ कार्तिक २०८० ३:३८

ह्यारिसवर्ग । अमेरिकाको पेन्सिलभेनिया राज्यका गभर्नर जस सापिरोले नेपालीभाषी समुदायका प्रतिनिधिहरुलाई आफ्नै सरकारी कार्यालयमा बोलाएर तिहार चाड मनाएका छन्।

लक्ष्मीपूजाको भोलिपल्ट साँझ उनको कार्यालयमा नेपाली, नेपालीभाषी भुटानीसमुदाय र भारतीय हिन्दू समुदायका प्रतिनिधिहरुको उपस्थिति थियो।

भुटानी समुदाय ह्यारिसवर्गका अध्यक्ष तिलक निरौलाले डिसी नेपाललाई दिएको जानकारीअनुसार, नेपालीभाषी प्रतिनिधिहरुले गभर्नर अफिसले तयार गरेको कार्यक्रमस्थलमा देउसी भैलोसमेत खेलेका थिए साथै नेपालीभाषी समुदायका किशोरीहरुले तिहार चाड विशेषको नृत्य पनि आफ्नै परम्परागत भेषभूषामा प्रस्तुत गरेका थिए।

गभर्नर सापिरोले पेन्सिलभेनियामा नेपाली, नेपालीभाषी भुटानी तथा भारतीय समुदायसहित एशियन अमेरिकी समुदायको उल्लेख्य भूमिका भएको बताएका थिए।

पेन्सिलभेनियाको विकास र समृद्धिमा सांस्कृतिक विविधाले उल्लेख्य भूमिका खेलेको भन्दै नेपालीभाषी भुटानी एवं नेपाली समुदायको प्रसंसा पनि गरेका थिए।

तिहार विशेष कार्यक्रममा भुटानी समुदाय ह्यारिसवर्गका अध्यक्ष तिलक निरौलाले अक्टोबर महिनालाई हिन्दू हेरिटेज महिनाको रुपमा घोषणा गरेकोमा गभर्नरलाई धन्यवाद दिए।

उनले तिहार विशेष समारोहको आयोजना गरेकोमा पनि गभर्नर तथा उनको कार्यालयको प्रसंसा गरे। निरौलाका अनुसार, कार्यक्रममा भुटानी नेपाली समुदायका तर्फबाट ५० जना अगुवाहरुको सहभागिता थियो।

तस्वीरहरु सौजन्य, तिलक निरौला




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *