उत्तरकाशी : मजदूरहरू भएको ठाउँसम्म पाइप बिच्छ्याइयो, पाइपबाट केहीबेरमै सबैलाई निकालिने

डिसी नेपाल
१२ मंसिर २०८० १६:५९

काठमाडौं । उत्तरकाशी सुरुङमा फसेका मजदूरहरू भएको ठाउँसम्म मानिस छिर्न मिल्ने मोटो पाइप बिच्छ्याइएको छ । यही पाइपबाट मजदूरहरूलाई बाहिर निकालिनेछ ।

उद्धार कार्यको आज १७ औं दिन हो । सुरुङमा ५७ मिटर लामो पाइपलाइन बिछ्याउने काम सकिएको छ । एनडीआरएफका जवानहरू नारा लगाउँदै सुरुङभित्र पसेका छन् र अहिले मजदुरहरूलाई निकाल्ने काम सुरु गरेका छन्।

कामदारहरूलाई स्ट्रेचरबाट बाहिर निकालिनेछ। बाहिर २० भन्दा बढी एम्बुलेन्स तैनाथ छन्, प्रहरी पनि छन् ।

कामदारहरूलाई बाहिर निकाल्नेबित्तिकै उनीहरूलाई बीस किलोमिटरको दायराभित्रका अस्पतालहरूमा लगिनेछ। उनीहरूको स्वास्थ्य परीक्षण यहीँ हुनेछ ।

एम्बुलेन्समा कामदारसँगै उनीहरूका परिवारका सदस्य पनि रहनेछन् ।

सुरुङबाट बाहिर निस्कन पर्खिरहेका मजदुरका लागि सुरुङभित्रै अस्थायी स्वास्थ्य सुविधाको व्यवस्था गरिएको छ ।

समाचार एजेन्सी एएनआईको रिपोर्टका अनुसार त्यहाँ फसेका कामदारहरूलाई बाहिर निकालेपछि उनीहरूको प्रारम्भिक स्वास्थ्य सेवा यही ठाउँमा दिइनेछ।

कुनै समस्या परेमा चिकित्सक र विज्ञको टोली त्यहाँ खटाइन्छ । स्वास्थ्य विभागले सुरुङभित्र ८ शय्याको व्यवस्था गरेको छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामी केही समयअघि सुरुङस्थल पुगेका थिए ।

सुरुङबाहिर एम्बुलेन्स, स्ट्रेचर र डाक्टर पनि तयारी अवस्थामा छन् । कामदारलाई बाहिर निकाल्नेबित्तिकै चिकित्सकको निगरानीमा राखिनेछ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *