ट्रोब्लजे ओपन टूर्नामेन्ट सम्पन्न, टिम ईमस्का–डिस्कालाई दुई स्वर्ण सहित आठ पदक

डिसी नेपाल
२१ मंसिर २०८० २१:५८

युरोपेली मुलुक स्लोभेनियामा सम्पन्न ट्रोब्लजे ओपन टूर्नामेन्ट २०२३मा टिम ईमस्का–डिस्काले दुई स्वर्ण सहित आठ पदक जितेको छ। गत डिसेम्बर दुई तारिखमा सम्पन्न यस खेलमा टिम डिस्का र ईमस्काले सयुक्त रुपमा भाग लिएको थियो।

ट्रोब्लजे ओपन २०२३मा टिम डिस्का–ईमस्काका १३ खेलाडीले भाग लिएका थिए। जसमा भर्नन मंगरले कुमुतेमा एक स्वर्ण र कातामा एक रजत जिते। साथै नाम्साहाङ राईले कातामा एक स्वर्ण जिते भने
आयुस तामाङले कुमुते र कातामा एक एक कास्य पदक जिते। बन्दना राई, रेहन पन्दक र प्रेलिसा अधिकारीले कुमुतेमा एक एक कास्य पदक जिते ।

डिस्का सोकि रन राईले प्रतियोगितामा युरोपियन खेलाडीले जतिकै खेल प्रदर्शन गरेको बताए । उनले भने, ‘हाम्रा केहि प्राविधिक कमजोरीले गर्दा सोचे जस्तो मेडल प्राप्त गर्न सकिएन तर पनि हामी धेरै कुरा सिकेर आउदैछौँ ।’ त्यसै गरि डिस्काका कोषाध्यक्ष एवम् टिमका प्रबन्धक टेक नेपालले पनि आफ्ना खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेको बताए।

अमेरिकी टोली इमस्का डिस्काले कराँते क्लब ट्रोब्लजेका अध्यक्ष बोग्डन सिमर्लको पहलमा टुर्नामेंटमा भाग लिएको थियो । टोलीका सदस्यहरुलाई त्यहाँका मेयरले आफ्नै कार्यकक्षमा स्वागत तथा शहरको परिचय गराएका थिए ।

उक्त समारोहमा ईमस्का सोकी डा रवि रागमन, ईमस्का प्रशिक्षक जेसन मरनो, टोलीका सहायक प्रशिक्षक निम लामा, डिस्का कोच डेनि तामाङ , प्रबन्धक राज बराल , टेक नपाल लगायत डिस्का खेलाडी र अभिभवकहरुको उपस्थिति थियो।

ट्रोब्लजे ओपन टुर्नामेन्टको ५१ औँ संस्करणमा कराते खेलकुदमा ८ देशका ५९ क्लबका ५२४ खेलाडीको सहभागिता रहेको थियो । ट्रोब्लजे ओपन टूर्नामेन्ट युरोपेली मुलुक स्लोभेनियाको एक पुरानो र ईतिहासिक कराते टुर्नामेन्ट हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *