“बहुआयामिक व्यक्तित्व ललितजंग सिजापती” कृति लोकार्पित

डिसी नेपाल
३ फागुन २०८० १०:००
16
Shares

काठमाडौं। सरस्वती पूजा र प्रेम दिवसको अवसर पारेर लेखक प्रा.डा. गोविन्दमान सिंह कार्कीद्वारा लिखित “बहुआयामिक व्यक्तित्व ललितजङ्ग सिजापती” कृतिको बुधबार पूर्व उपप्रधानमन्त्री एवं सांसद प्रकाशमान सिंहले लोकार्पण गरेका छन्।

आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा आयोजित सो कार्यक्रममा दिव्य पुरुष डा. गौरीशंकरलाल दासको पनि अभिनन्दन गरिएको थियो। स्वास्थको कारण अनुपस्थित दासको सम्मानपत्र उनका छोरा सुरेन्द्र दासले ग्रहण गरेका छन्।

साहित्य, इतिहास, पत्रकारितामा योगदान गरेका सिजापतीका दुई दर्जन कृतिहरु प्रकाशित रहेका छन्। छोरी अम्बिका सिजापती र छोरा मदनजङ्ग सिजापतीको प्रयासमा पुस्तक प्रकाशित भएको हो।

कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवं सांसद प्रकाशमान सिंह, पूर्व मन्त्री एक साहित्यकार एस. पी. कोइराला, पूर्व मन्त्री एवं सांसद दिपेन्द्र श्रेष्ठ, लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. त्रिरत्न मानन्धर, समीक्षक प्रा. डा. राजाराम सुवेदी, अतिथिहरु प्राज्ञ दिनेशराज पन्त, प्रा. हेमन्त शमशेर, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकाली, कामपा ११ का अध्यक्ष हीरालाल तण्डुकार, छोरी अम्बिका के. सी. सिजापती लगायतले आआफ्नो मन्तव्य राखेका थिए।

अम्बिका के. सी. सिजापतीले स्वागत गरेकाे सो कार्यक्रमको संचालन कवि यादव भट्टराईले गरेका थिए।

लोकार्पित पुस्तकमा सीजापती थरको ऐतिहासिकता, ललितजंग सिजापती, राजनीतिक सक्रियता, सर्जकको रुपमा ललितजंगको स्मृतिमा भएका कार्यहरु, सन्दर्भ सामग्री र परिशिष्ट ७ ओटा समाविष्ट रहेका छन्।

कार्यक्रममा पवन आलोक, वियोगी बुढाथोकी, रमेशजंग सिजापती, दिव्य गिरी, गीता कार्की, विक्रमभक्त जोशी, प्रा. भोला पोखरेल, ममता मृदुल, सरस्वती गौतम, मदन नेपाल, निर्मलरमण पराजुली, कल्पना खरेल, नम्रता उप्रेती, बद्री उप्रेती, तुलसी गौतम, सुशीला ढकाल अधिकारी, उषा के. सी., भावना खनाल अर्याल लगायत सिजापती परिवारजन र आफन्त तथा अन्यको उपस्थिति रहेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *