सुदूरपश्चिमेली नेपाली समाज पोर्चुुगलको नयाँ कार्यसमिति चयन

डिसी नेपाल
१३ फागुन २०८० २०:०९

लिस्बन।  सुदूरपश्चिमेली नेपाली समाज पोर्चुुगलको प्रथम अधिबेशनले  नयाँ कार्यसमिति चयन गरेको छ।

आइतबार लिस्बनमा सम्पन्न भएको  अधिबेशनबाट अध्यक्ष दिपेश बिष्ट र महासचिव सुरज बिष्टसहित ३९ सदस्य कार्यसमिति चयन गरिएको छ।

अधिवेशनबाट प्रमुख सल्लाहकार संरक्षकमा पुष्प राज गिरी, गणेश पाण्डे, कृष्ण जंग कुँवर र पदम बायक चयन भएका छन्।

अधिवेशनको प्रमुख अतिथि गैरआवासीय नेपाली संघ पोर्चुगलका संस्थापक अध्यक्ष पूर्ण हमाल, विशिष्ट अतिथिहरु गैरआवासीय नेपाली संघ युरोप उपसंयोजक रोबोट लिम्बू गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष उमेश खड्का, एनआरएनए आइसिसी सदस्य राजकुमार थापा, एनआरएनए पोर्चुगलका निवर्तमान अध्यक्ष सोमफुरी शेर्पा, निवर्तमान आइसिसी सदस्य धनराज शेर्पाले अतिथि   नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोपकुमार मगर, नेपाली जनसम्पर्क समितिका सभापति युवराज पन्थी, प्रवासी नेपाली मंचका उपसचिव मिलन रेग्मी, नेपाली जनप्रगतिशील मञ्चका संयोजक सीता ढकाल सुवेदी, नेपाली जनप्रगतिशील मोर्चाका वरिष्ठ उपाध्यक्ष टंक खड्का, जिल्ला समाजमा स्याङ्जाका अध्यक्ष अर्जुन अर्याल, गुल्मीका कावा अध्यक्ष प्रकाश पाण्डे, नवलपुरका अध्यक्ष प्रेम बुढाप्रीति, भिजन स्पोर्ट्स एकेडेमीका अध्यक्ष सौगात विष्ट लगायतले शुभकामना मन्तव्य दिएका थिए।

सुदूरपश्चिमेली नेपाली समाज पोर्चुगलका संयोजक दिपेश विक्रम बिष्टको अध्यक्षता, सुदूरपश्चिमेली नेपाली समाज साइप्रसका निवर्तमान अध्यक्ष डम्मर खड्काले कार्यक्रम संचालन गरेका थिए भने स्वागत मन्तव्य नरेश भाटले दिएका थिए।  कार्यक्रममा सुदूर पश्चिमको देउडा खेल्नुका साथै गीत, मुक्तक र कविता वाचन समेत गरिएको थियो।

सुदूरपश्चिम नेपाली समाज पोर्चुगलको प्रथम अधिबेशनमा निर्वाचन समितिका संयोजक पुष्पराज गिरी र सदस्य पदम बायकुले आगामी नयाँ कार्यसमिति २०२४-२०२६ कार्यक्रम मार्फत घोषणा गरेका थिए।

नयाँ कार्यसमितिमा अध्यक्ष दिपेश बिष्ट, वरिष्ठ उपाध्यक्ष पदम चौधरी, उपाध्यक्ष नरेश भाट, उपाध्यक्ष नरेन्द्रबहादुर साउद ,महिला उपाध्यक्ष लक्ष्मी थापा जोशी ,महासचिव सुरज बिष्ट,सचिव पुस्कर राज जोशी ,सचिव खड्का संजाल, कोषाध्यक्ष अशोक जोशी, सह-कोषाध्यक्ष  प्रेम भट्ट, महिला संयोजक दिव्या भट्ट सदस्यमा दीपेन्द्र ठगुन्ना,मनोज जोशी, जयबहादुर चन्द, शंकर सापकोटा, हरिश तिमिल्सिना, खेम थापा, हरि बिष्ट, अर्जुन सुनम, दीपा देवी शाह, विजय भट्ट, रबि पण्डित, दीपक भट्ट, प्रकाश साउद, अनुप बोगटी, बिकाश साउद चन्द्र अएर, धनबहादुर बोहरा, टेक बोहरा, पुष्पबहादुर चलाउने, आनन्द कठरीया, चुडामणि चौधरी, शारदा बटाला (खड़का), रबि पण्डित, एकता चन्द्र शाह, दिनेश देउवा, चेतन राज जैसी, दया संजाल र अमृत बोहरा रहेका छन्।

अधिवेशनले संस्थाको विधान र आर्थिक प्रतिवेदन पारित गर्नुका साथै सर्वसम्मत रूपमा ३९ सदस्यीय कार्यसमिति गठन गरेको छ।

निर्वाचन समितिका संयोजक पुष्पराज गिरीले सम्पूर्ण नयाँ कार्यसमिति २०२४–२०२६ लाई शपथ ग्रहण गराएका थिए। नव निर्वाचित अध्यक्ष  दिपेश बिष्टले  सुदूरपश्चिमेली नेपाली समाज पोर्चुगलको सबैको भावनालाई कदर गर्दै अगाडि बढ्ने र सुदूरपश्चिमको मौलिकता र संस्कृतिको जगेर्ना गर्नको लागि बिभिन्न कार्यक्रम गर्दै जाने बताए।

उनले सुदूरपश्चिमका पिछडिएका ठाउँका बालबालिकाका लागि सकेको सहयोग, कला, संस्कृति संरक्षणको लागि पहल  गर्दै जाने योजना समेत रहेको र सुदूरपश्चिमका ९ वटा जिल्लालाई समेटेर एउँटै छानामा राख्ने गरि स्थापना भएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *