विश्वासको मत पाएसँगै देश र जनताप्रति थप जिम्मेवारीबोध भएको छः प्रधानमन्त्री

डिसी नेपाल
३० फागुन २०८० १७:३४
72
Shares

काठमाडाौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा विश्वासको मत पाएसँगै देश र जनताप्रति थप जिम्मेवारीबोध भएको बताएका छन्।

विश्वासको मत प्राप्त गरेपछि बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले राष्ट्र र जनताको पक्षमा राम्रा काम तीव्र गतिमा गर्ने जिम्मेवारीलाई गम्भीरतापूर्वक पूरा गर्ने समेत बताए।

यसअघि पनि विश्वासको मत दिएको भन्दै उनले नयाँ राजनीतिक समिकरणसहित विश्वासको मत पाउदाको अनुभव अझ बढि लोकतान्त्रिक ढंगले सजिव रहेको जिकिर गरे।

उनले आफुप्रति भरोसा गरेर मत दिनेलाई धन्यवाद दिदै विपक्षमा मत दिएर सरकारले राम्रो काम गरोस भन्नेलाई पनि धन्यवाद दिए। उनले बुधबार प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *