पोर्चुगलमा देउडा र होलीको रौनक

डिसी नेपाल
१३ चैत २०८० १४:३६

लिस्बन। सुदूर पश्चिमेली नेपाली समाज पोर्चुगलको आयोजनामा होली पर्वको अवसर पारेर शुभकामना आदान प्रदान तथा मनोरञ्जनात्मक देउडा तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेकाे छ।

कार्यक्रममा आएका सम्पूर्ण अथितिलाई समाजका सचिव पुष्करराज जोशीले बैतडी भाषामा स्वागत मन्तव्य ब्यक्त गरेका थिए। कार्यक्रम संचालक डम्मर खड्का र महासचिव सुरज बिस्टले होलीकाे कार्यक्रम सञ्चालन गरेका थिए।

मार्च २४ तारिख आइतबार लिस्बनको बेलाभिस्ता पार्कमा आयोजना गरिएको कार्यक्रममा नेपाली संघसंस्थाका अगुवा प्रतिनिधिको बाक्लो उपस्थिति रहेको थियो। गैर आवासीय नेपाली संघलगायत संघसंस्थाका प्रतिनिधिले शुभकामना ब्यक्त गरेका थिए।

कार्यक्रममा युरोप उप-संयोजक रोबर्ट लिम्बु,आईसीसी सदस्य राज कुमार थापा,जनसम्पर्क समितिका सभापति युबराज पन्थी, प्रवासी नेपाली मञ्चका अध्यक्ष राजा राम लामिछाने र वोमेन एसोसिएशनकी अध्यक्ष शान्ति अर्याल अधिकारीले छोटो शुभकमाना मन्तव्य राखेका थिए।

एनआरएनए अध्यक्ष उमेश कुमार खड्का र जनप्रगतिशील मञ्चका अध्यक्ष सीता ढकालको उपस्थिति थियो। समाजका अध्यक्षले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रमका प्रमुख अतिथि महावाणिज्यदूत मकरबहादुर हमालले होली संस्कृति र परम्पराको बारेमा प्रकाश पारेका थिए।

कार्यक्रममाकार्यक्रममा सुदूरपश्चिमेली समाजका सल्लाहकार पुष्पराज गिरीको पनि उपस्थिति रहेको थियो। सांस्कृतिक बिभाग प्रमुख तथा राष्टिय कलाकार अर्जुन सुनामकाे प्रतुतीले सबजनालाई नचाएको थियो। समाजका केन्द्रीय सदस्य आनन्द कथरिले चैधरी गीतको प्रतुती राखेका थिए।

कार्यक्रमलाई सफल बनाउन वरिष्ठ उपाध्यक्ष पदम चौधरी, उपाध्यक्ष्य नरेश भाट, उपाध्यक्ष्य एनबी साउद, कोषाध्यक्ष अशोक जोशी, सह-कोषाध्यक्ष्य प्रेम भट्टलगायत समाजका केन्द्रीय सदस्यले कार्यक्रम सफल बनाउन सहयोग गरेका थिए।

आइतबार विदाको दिन पारेर आयोजना गरिएको कार्यक्रममा युवा युवती, जेष्ठ नागरिक बाल बच्चाको बाक्लो उपस्थिति देखिएको थियो। एक आपसमा रंग लगाउँदै शुभकामना ब्यक्त गर्दै मनाइएको कार्यक्रममा सुदूरपश्चिमको देउडा नृत्यले उपस्थित सबैको मन जितेको थियो।

कार्यक्रममा स्थानीय कलाकारले पञ्चेबाजा प्रस्तुत गरेका थिए भने बाजाको तालमा युवाहरूले नाचेर भरपुर मनोरन्जन गरेका थिए।

सुदूरपश्चिमेली नेपालि समाज पोर्चुगलका अध्यक्ष दिपेश बिस्टले होली पर्वले असत्य माथि सत्यको बिजय निश्चित छ भनेर छोटो मन्तव्य राखेका थिए।

उक्त कार्यक्रममा विदेशी नागरिक पनि रंग दलेर रमाएको देख्न सकिन्थ्यो भने पार्क घुम्न आएका स्थानीय नागरिकले पनि रंगहरूको पर्व होलीको बारेमा चासो पूर्वक सोधपुछ गरिरहेको र रमाइरहेको देखिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *