इटालीको पिसा सहरमा नेपाली पासपोर्ट बनाउन घुम्ती सेवा

बिजय भुसाल
५ जेठ २०८१ २०:०९
540
Shares

मिलान। इटालीको पिसा सहरमा नेपाली पासपोर्ट बनाउन समस्या भएका नेपालीका लागि घुम्ती सेवा सम्पन भएको छ। मे ११ र १२ गरी दुई दिनसम्म चलेको सो घुम्ती सेवामा ८४ जना नेपालीको आवेदन संकलन गरिएको थियो।

नेपाली समाज पिसाले इटालीको पिसा सहर र नजिक बस्दै आएका नेपालीको समस्यालाई ध्यानमा राख्दै स्विट्जरल्याण्डको जेनेभास्थित राजदूतवासको टोली पिसा सहर बोलाएको थियो। टोलीमा राजदूतावासका प्रथम सचिव अमर राई र सहचारी गोबिन्द नापित थिए।

टोलीले नेपालीहरुको सहजताका लागि पिसा सहरमै इनरोलमेन्ट सेन्टरको स्थापना गरी नेपालीको विद्युतीय राहदानीका लागि जैविक विवरणसहितको आवेदन संकलन गरेको नेपाली समाज पिसाकी अध्यक्ष दीपा रेग्मीले डिसी नेपाललाई जानकारी दिइन्।

इटालीमा नेपाली राजदूतावास नभएको कारण नेपाली पासपोर्ट बनाउनका लागि नेपालीहरु स्विट्जरल्याण्डको जेनेभा नै पुग्नु पर्ने बाध्यता छ। इटालीबाट राहदानी बनाउन स्विट्जरल्याण्डको जेनेभा पुग्न नेपालीहरुका लागि समस्या भएकाले पनि राहदानी बनाउन सहज छैन।

इटालीका अरु सहरमा बस्ने नेपालीहरु पनि अहिलेको अवस्थामा घुम्ती सेवा नै पर्खेर बस्नु पर्ने अवस्था रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *