१७ हजार घुससहित पयर्टन विकास आयोजनाका कर्मचारी पक्राउ
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विकास आयोजना इकाई कार्यालय काठमाडौंका सव–इञ्जिनियरद्वय राजनकुमार भट्टराई र सञ्जय अर्याललाई घुससहित पक्राउ गरेको छ ।
निर्माण सम्पन्न पश्चात् अन्तिम बील भुक्तानी गर्ने प्रयोजनाका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले उनीहरुलाई कार्यकक्षबाटै आज पक्राउ गरेको हो।
आयोगको टोलीले उनीहरुलाई काठमाडौं महानगरपालिका–३१ अन्तर्गत विकास आयोजनाबाट रु १७ हजार घुससहित पक्राउ गरेको हो। आरोपीद्वयको थप अनुसन्धान भइरहेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment