दिल्लीकी मुख्यमन्त्री आतिशीले किन राखिन् खाली कुर्सी ?

डिसी नेपाल
७ असोज २०८१ १८:११
232
Shares

काठमाडौं। भारतको दिल्लीकी मुख्यमन्त्री आतिशी मरलानले आजदेखि आफ्नो कार्यभार सम्हालेकी छन्। तर कार्यभार सम्हाल्ने क्रममा उनले मुख्यमन्त्रीको कुर्सी खालिराखेर अर्को कुर्सीमा बसेपछि विवादित बनेकी छन्।

आतिशीले दिल्लीको मुख्यमन्त्रीको रुपमा आफूले अरविन्द केजरीवाललाई नै मान्ने भन्दै चार महिना उनको नाममा आफूले मुख्यमन्त्री चलाउने बताएकी छन्। उनले राम १४ वर्ष बनबास जाँदा भारतले रामको खराउ मागेर सत्ता चलाए जस्तै आफूले खाली कुर्सी राखेर चार महिना मुख्यमन्त्री चलाउने बताएकी छन्।

आतिशीको यो कदमको भारतीय जनता पार्टीले आलोचना गरेको छ। भाजपा सांसद मनोज तिवारीले दिल्लीको मुख्यमन्त्रीको पदभार ग्रहण गरेलगत्तै आतिशीको भनाइको खिल्ली उडाएका छन्।

तिवारीले आतिशीले आफूलाई मुख्यमन्त्री नै नमानेको र यसको अनेक अर्थ लाग्ने बताएका छन्। बिजेपीले आतिशी र केजरीवालले दिल्लीलाई लालु-राबडी मोडल र सोनिया-मनमोहन मोडेल चलाउन चाहेको भन्दै आलोचना गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *