इजरायलमा हमला गरेपछि इरानी जनता उत्सव मनाउँदै गरेका देखिए
काठमाडौं । इजरायलमा इरानले मिसाइल हमला गरेपछि इरानको राजधानी तेहरानका सडकमा मानिसहरु खुसी मनाएको देखिएका छन् ।
बेलायती दूतावासबाहिर पनि केही मानिस भेला भएका थिए । मानिसहरूले यहाँ पनि उत्सव मनाए।
यस क्रममा धेरै मानिसहरूको हातमा हिजबुल्लाह नेता नसरल्लाहको तस्बिर पनि देखियो। कतिपयले पटाका समेत जलाए ।
हसन नसरल्लाह केही दिन अघि इजरायली आक्रमणमा मारिएका थिए।
यसैबीच, इरान र इजरायलका राजदूतहरूले संयुक्त राष्ट्र संघमा आफ्नो धारणा तीव्र स्वरमा राखेका छन्।
संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूतले इजरायलको थप कारबाहीको उचित जवाफ दिइने चेतावनी दिएका छन् ।
यसैबीच इरानले इजरायलमा मिसाइल आक्रमण गरेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बदला लिने कुरा गरेका छन् ।
उनले भने, ‘इरानले आज ठूलो गल्ती गरेको छ र त्यसको मूल्य चुकाउनुपर्नेछ ।’
मन्त्रिपरिषद् बैठकमा इजरायली प्रधानमन्त्रीले भने, “हामी हाम्रा नियमहरूमा अडिग रहनेछौं। जसले हामीलाई आक्रमण गर्छ, हामी उसलाई आक्रमण गर्नेछौं।”
No ads found for this position


डिसी नेपाल
Facebook Comment