अमेरिकालगायत युरोपेली देशका लागि इरानका सर्वोच्च नेता खामेनीको कडा टिप्पणी

डिसी नेपाल
१७ असोज २०८१ १२:०२
240
Shares

काठमाडौं । तेहरानमा भएको बैठकमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले अमेरिका र केही अन्य युरोपेली देशहरूका लागि कडा शब्द प्रयोग गरेका छन्।

उनले इजरायल–हिजबुल्लाह र हमासबीच जारी युद्ध र क्षेत्रीय तनावका लागि अमेरिका र केही युरोपेली देशलाई दोष दिँदै यी देशहरूले यस क्षेत्रमा शान्ति ल्याउने झुटो दाबी गरेको बताए ।

उनले यस क्षेत्रमा रहेका देशहरू शान्तिमा बस्नका लागि उनीहरूलाई यस क्षेत्रबाट ‘गायब’ गर्नुपर्ने बताएका छन्।

खामेनीले हिज्बुल्लाह नेता हसन नसरल्लाहको हत्यामा शोक व्यक्त गरेको बताएका छन्।

एक वरिष्ठ इरानी अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई मंगलबार इजरायलमा क्षेप्यास्त्र प्रहार गर्ने आदेश देशका सर्वोच्च नेताले दिएको बताएका छन्, जो हाल सुरक्षित स्थानमा छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *