महाकविको ११६औँ जन्मजयन्तीको अवसरमा कविता वाचन
काठमाडौं। महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्तीको अवसरमा आज कविता वाचन गरिएको छ।
नेपाल प्रज्ञा–प्रतिष्ठान र महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयले यहाँ आज आयोजना गरेको कविता वाचन कार्यक्रममा कविहरुले मुलुकको राजनीतिक परिस्थितिलाई व्यङ्ग्य गर्दै समसामयिक विषयमा कविता वाचन गरेका थिए।
कविहरु बाला बस्नेत, शैलेन्द्र साकार, नरनाथ लुइँटेल, शेखर आचार्य, पुरुषोत्तम सुवेदी, अनिता लामा, जीवनाथ धमला, डा पद्मप्रसाद देवकोटा, मनोज न्यौपाने, प्रमोद शर्मा दाहाल, गणेशकुमार राई, मीना थिङ, चेतनाथ धमला, रेणुका भट्टराई र घना भट्टराईलगायतले महाकवि देवकोटा, प्रकृति र देशको समसामयिक विषयमा कविता वाचन गरेका थिए। सोही अवसरमा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानले महाकवि देवकोटाबारे थप अध्ययन/अनुसन्धान गर्ने योजना सुनाए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment