लघुकथा : पैसा

लक्ष्मीधर गुरागाईं
१४ माघ २०८१ १०:२६
520
Shares

छोरो स्कुलमा पढ्थ्यो। उसले आफ्ना बासित भन्यो “बाबा , आज कपी किन्न  एकसय रुपियाँ दिनु न!” बाबाले हँसिलो अनुहार लगाएर  एकसयको नोट उसका हातमा राखिदिँदै भने “बाबू, यो पैसाले तिमीले आज स्कुलमा कपी किन्नु, कपी किनेर पैसा बाँकी रह्यो भने पौष्टिक कुरा किनेर खानु।”

बाबाबाट पैसा पाउँदा छोरो खुसी भयो। उसले खुसी हुँदै भन्यो “धन्यवाद बाबा!” छोराका अनुहारमा मिठो मुस्कान थियो । छोराको अनुहार देखेर बाबा पनि खुसी देखिन्थे, उनी भन्थे “ओ के छोरा!”

समय बित्दै गयो। छोरो पढिसकेर सरकारी जागिरे भयो। बाबा संस्थानको जागिरबाट रिटायर भई घरै बस्नथाले।

एकदिन बाबाले छोरासित अफ्टेरो मान्दै भने “बाबू , प्रेसरको औषधि सकिएको छ , मसित त औषधि किन्ने पैसै पो भएन। नानीले दिएको पैसा पनि सकिएछ।”

”कति पर्छ बाबा औषधिलाई?” छोराले अमिलो अनुहार पारेर सोध्यो।

बाबाले अफ्टेरो मान्दै भने “बाबू , एक महिनाका लागि लिँदा पन्ध्र सय जति लाग्छ।”

छोराले पेन्टका पछाडिबाट मनि ब्याग झिकेर एउटा हजार अर्को पाँचसयको नोट दिँदै भन्यो “लिनुस् बाबा! ”

छोराबाट पैसा लिनुपर्दा बाबा निकै दुःखी  देखिन्थे। अनुहार नै मनको ऐना हो भनिन्छ नि, उता छोरा पनि  दुःखी देखिन्थे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *