लघुकथा : आवेग

108
Shares

“मध्यरातको समयमा कसले फोन गर्‍याे? झझ भन्दै उनले फोन हेरे। नेपालबाट दाजुको रहेछ। भन्नुभयो,’ ल-ल! जति सक्छौ छिटो मिलाएर आउनु पर्‍याे। कान्छो छोरा बिरामी भएर आइसियूमा भर्ना गरी राखेको छ।’

राति नै टिकटको लागि अनलाइन चाहारेँ। काम कुरा सबै थाँती राखेर एयरपोर्ट पुगेँ। श्रीमान मोबाइलमै बिजी भए। के भएको हो? चारैतिर कल गरेर उनी बुझ्दै थिए।

उनले विलौना गरिन्,’ यिनैका लागि भनेर दुबैजना विदेश आइयो। एउटाले नछोडेको भए नि हुन्थ्यो। कमसेकम आफ्नो आँखा अगाडि त रहन्थे। मेरो त हातखुट्टै लागेको छैन। सामान्य बिमारी भएको भए दाजुले किन हिँडि हाल भन्नुहुन्थ्यो र?’

काठमाडौं एयरपोर्टबाट उनले आत्तिदै दाजुलाई फोन गरेँ,’ कुन हस्पिटल आउने हो?’

दाजुले भने,’ तिमीहरु नआत्तिकन घर आओ। अहिले होश आएको छ।’

घरमा पुग्दा मान्छे भरिभराउ थिए। बिरामी हेर्न आएका होलान् भनेर दाजुलाई छोराको बारेमा सोधेँ,’ छोरा अस्पतालमै छ कि घर ल्याएको हो?’

दाजुले भने, “अब छोरो रहेन, भाइ! केटीको चक्करमा मोरोले सुसाइड गर्‍याे।’

गैंडाकोट ४, नवलपुर


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *