खस भाषाको परिचय

भूमिका गैरे तिमिल्सिना
२३ चैत २०८१ ७:१५
316
Shares

खस जातिले बोल्ने खस भाषालाई प्राचीन नेपाली भाषामा खस कुरा भनिन्थ्यो। खस भाषा भनिने प्राचीन नेपालीलाई समयको अन्तरालमा केन्द्रीय , पश्चिमी र पूर्वीय गरि तीन भाषिकामा विभाजन गरेको पाइन्छ।

ऐतिहासिक तथ्यका आधारमा हेर्दा पश्चिम नेपालको सपादलक्षयभूमिमा खस राज्य संस्थापन गर्ने नागराज थिए।  यिनी एघारौं शताब्दीका हुन्। नागराज तिब्बतको याङ्ग्रीबाट कर्णालीको हुम्ला, मुगु हुँदै जुम्लाको सिन्जामा छिरेका थिए।

उनले दुईटा राज्य विस्तार गरे। एउटा चिसो यामका लागि र अर्को गर्मी याममा लागि , चिसो छल्नका लागि दैलेखको दुल्लु देखि सुर्खेतको काँक्रेविहारमा बसाई सर्थे भने गर्मीमा सिन्जामा बसेर राज्य विस्तार गर्थे।

नागराजले तिब्बतको खारी प्रदेशबाट कर्णाली सिञ्चित भूमिमा आएर सिन्जालाई राजधानी बनाई सुदृढ राज्यको स्थापना गरेका थिए। पछि यिनका उत्तराधिकारीहरू चाप, चापिल्ल, कासिचल्लले राज्य गरे। खस जातिले लडाकु इतिहास बोकेको पाइन्छ।

छैठौं नागराज अशोक चल्लको संवत् १३१२ मा नेपालीमा लेखिएको ताम्रापत्र प्रमाणिक रूपमा फेला परेको हुनाले त्यसैलाई प्रमाणिक आधार मानेका पाइन्छ। चल्ल राजाहरुमा उनले उत्कृष्ट शासन सञ्चालन गरेका थिए। उनका छोरा जितारी मल्ल राजा भएपश्चात मल्ल राजाहरुले क्रमश: शासन गरेको पाइन्छ।

सैद्धान्तिक रुपमा खस कुरा अर्थात् नेपाली भाषाको समुदभव वि. सं. १०५७ देखि माने तापनि नेपाली भाषाको प्रमाणिक उद्भव बिन्दु वि. सं. १३१२ भन्दा पूर्व लिखित प्रमाण नभेटिएकाले यसै समयलाई प्रमाण मानेको पाइन्छ।

अत: यस समयदेखि नेपाली भाषा

विभिन्न नागराजहरूको शासन काल, लिच्छविकाल (प्राचीन नेपाल, मगध र कोशल देशको एक प्राचीन एवम् प्रसिद्ध शासनवंश) मल्ल काल (नेपालको मध्यकालीन इतिहासमा प्रसिद्ध शासक वर्ग) तथा शाहवंशीय राजाहरूको राज्यकाल विकसित भएको पाइन्छ।

खस जाति महाभारतकालदेखि प्रसिद्ध तथा सातौं आठौं शताब्दीदेखि पश्चिम नेपालको विस्तृत पहाडी प्रदेशमा शासन गर्दै आएको वीरता र सभ्यताका निम्ति प्रसिद्ध एक प्राचीन जाति हो। खस जातिहरू नेपाल, चीन, तिब्बतका भुभाग, भुटान, भारतमा पर्ने उत्तरखण्ड, हिमाचल प्रदेश र जम्मू कश्मीरमा खस बस्ने ठाउँ भएकाले खश्मीर शब्दको अपभ्रशं हुँदै कश्मीर भएको पाइन्छ।

पश्चिम एसियाको फारस खाडीमा रहेको वर्तमान इराकको प्राचीन सभ्यतालाई मेसोपोटामिया भनिन्छ। इशापूर्व भन्दा लगभग ५००० वर्ष अगाडि टिग्रिस र युफ्रेटस (फरात) दुई नदीको मध्यभागमा एउटा समृद्ध सभ्यताको विकास भएको थियो।

त्यही सभ्यता मेसोपोटामियाको सभ्यता थियो। पूर्वी सिरियाको केही भाग र इराकको ठुलो क्षेत्रमा फैलिएको उब्जाउ भूमि भएकाले त्यस सभ्यताको शुरुको अवस्थालाई कृषिकाल भनियो। यिनीहरू नदीको किनारमा ,जङ्‌गलमा झाडी सफा गरेर जौ र गहुँको खेती शुरू गरेका थिए।

त्यहीं सभ्यता खस सभ्यता हो, नागराज तिब्बत हुँदै नेपाल छिरेका थिए। खस राज्य विस्तार गरेर यिनीहरु पशुपालनमा गाई, गोरु, भेडा जस्ता जनावर पाल्नुका साथै उद्योग र व्यापार गर्थे जुन भारत र तिब्बतसँग राम्रो व्यापारिक सम्बन्ध स्थापित गरेका थिए।

मेसोपोटामियाबाट उत्पत्ति भएको जाति कर्णालीको सिन्जा उपत्यका ईशापूर्व छैठौं शताब्दीमा आएको मानिन्छ। कर्णाली र सुदुरपश्चिमाञ्चलमा यस्को बाहुल्यता पाइन्छ। प्रकृति पूजन , खेतिपाती, पशुपालनलाई मुख्य पेसा मान्ने वनजङ्गलमा रमाउने हुनाले पहाडलाई बासस्थान बनाए।

खस राज्यका प्रथम राजा नागराज हुन् भने अन्तिम राजा अभय मल्ल हुन्। वि. सं. १४४८ मा करिब तीनसय वर्ष लामो इतिहास बोकेको भएता पनि खस राज्य समाप्त भई राज्य टुक्रिएर बाइसे राज्यमा विभाजन हुन पुगेको थियो।

खस भाषा नेपालको कर्णाली क्षेत्रमा रहेको प्राचीन खस राज्यको आधिकारिक भाषा हो। देवनागरिक लिपीमा लेखिएको उक्त भाषा विभिन्न शिलालेख, अभिलेख र कागजपत्रमा पाइन्छ।

नेपालको आधिकारिक भाषा नेपाली भाषा भएकाले उक्त भाषामा ११ ओटा स्थानीय बोलीको जन्म भएको हो। उक्त भाषा जनसंख्याका आधारमा डोटेली, बैतडेली, अछामी, दैलेखी, बझाङ्गी, बाजुरेली, दार्चुलेली, डोल्पाली, जुम्ली, डडेल्धुरी र गढवाली भाषा पर्दछन्।

आर्य भाषा र खस भाषा एक सिक्काका दुई पाटा हुन्। दुबै भारोपेली भाषा परिवारका हुन्। भारत र युरोपसँग सम्बन्धित भारोपेली भाषा सबैभन्दा बढी जनसङ्ख्याले बोल्ने भाषा हो।

यस भाषाले साहित्य , सभ्यता, संस्कृति , ज्ञान , विज्ञान, राजनीति, सरकारी कामकाज आदि हरेक क्षेत्रमा नेतृत्व लिएको छ। यस भाषा परिवारका मूल प्रयोक्ताहरु ‘ वीरोस ‘ जातिका हुन्। आर्य हिन्दु धर्मावलम्वी हुन् भने खस मष्टो , बौद्ध र हिन्दु धर्म पनि स्वीकार गरेका छन्।

नेपालको संविधान २०७२ अन्तर्गत खस आर्यका प्रमुख समुदायहरु बाहुन, क्षेत्री, ठकुरी, सन्यासी, कामी , दमाई, सार्की, गन्धर्व र राउटे पर्दछन्।
२०७८ सालको जनगणनाअनुसार नेपालमा १४२ जातजाति, १२४ भाषा र १० धर्म कायम भएको छ।

विविधतामा एकता रहेको हाम्रो देश नेपालमा सबैलाई समान महत्व दिनुपर्छ। भौगोलिक विकटता रहेका क्षेत्रका विकासका लहर पुग्नुपर्छ। “हिमाल, पहाड , तराई कोही छैन् पराई ?” भन्ने नाराले सार्थकता पायो भने भाइचारा र अपनत्वको भावना सदैव रहिरहन्छ।

गैंडाकोट ४, नवलपुर

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *