कविता: त्यो क्रूर समय
म अनि त्यो क्रूर समय
सपना बनेर तर्साउँछ
त्यो नमिठाे याद
नदेखिने घाउ
न थियोे घामको उज्यालो
न त थियो निस्सपट्ट अँध्यारो
म थिए अनि मसँगै मेरा
संघर्ष र अभाव
एक थान जिम्मेवारी
दोहोरो भूमिका
आफ्नो कर्तव्य
म आफ्नै सुरमा पाइला
लम्काइ रहेको थिए
अकस्मात मेरो नारीत्वमा
हिंस्रक आक्रमण!
तिमी कायर
नालायक
तर,
अहिले म
समाजबाट तिरस्कृत
जागीरबाट बहिष्कृत
उता
पीडक
सडकमा छाती खोलेर
नारीको इज्जत माथि
धावा बोलेर
रक्सीको मस्तीमा
विजय उत्सव
शक्तिको आडमा
उन्मत्त दानवहरु।
No ads found for this position
प्रतिक्रिया


Facebook Comment