पाकिस्तानद्वारा भारतीय सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु

काठमाडौं। भारत र पाकिस्तानबीचको तनावका बीच शुक्रबार साँझदेखि पाकिस्तानले भारतको जम्मु कश्मिर र पञ्जाब क्षेत्रमा पुनः गोलाबारी गरेको छ।
बीबीसीका अनुसार शुक्रबार साँझदेखि जम्मू, साम्बा, पठानकोट सेक्टरमा पाकिस्तानी ड्रोनहरू देखिएको छ। उक्त क्षेत्रमा ब्ल्याकआउट भएको र साइरनको आवान सुनिएको बताइएको छ। रिपोर्टका अनुसार भारतको वायु रक्षा प्रणालीले पाकिस्तानी ड्रोनलाई रोकेको छ।
जम्मु र कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले ‘ब्ल्याक आउट’ भएको र शहरभरी साइरनको आवान सुनिएको जनाएका छन् ।
‘उनले ‘एक्स’मा लेखेका छन्, ‘जहाँ म छु, त्यहाँ छिनछिनमा विस्फोटको आवाज आइरहेको छ, सम्भवतः ठुलो तोपको आवाज सुनिएको छ। जम्मू र आसपासमा रहेका सबैमा मेरो विनम्र अपिल छ, कृपया सडकमा ननिस्कनु होला। घरमै बस्नुस् वा कुनै यस्तो ठाउँमा बस्नुस्, जहाँ केही घण्टासम्म आरामले रहन सकियोस्।’
यस्तै अमृतसर र फिरोजपुरमा पनि विस्फोटको आवाजहरू सुनिएको बीबीसीले उल्लेख गरेको छ। शुक्रबार लगातार दोस्रो रात जम्मू क्षेत्रमा विस्फोटको आवाज सुनिएको र साइरन बज्न थालेको अधिकारीहरूले बताएका छन् । जसका कारण शहर अन्धकारमा डुबेको छ। श्रीनगरका मस्जिदहरूमा लाउडस्पीकरहरू प्रयोग गर्दै, स्थानीयहरूलाई सावधानीका रूपमा बत्तीहरू निभाउन भनिएको छ।
Facebook Comment