धनगढी उडेको श्री एअरको विमान बिचैबाट काठमाडौं फिर्ता

काठमाडौं । काठमाडौंबाट धनगढीतर्फ उडेको श्री एअरको विमान उडान भरेको २८ मिनेटमै खराब मौसमका कारण पुनः काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ।
‘हामी करिब आधा घण्टा उडेको थियौं। मौसम खराबका कारण, विमान काठमाडौं नै फर्किएको छ,’ यात्रु चुडामणि भट्टले भने।
श्री एअरका अधिकारीहरूले यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै विमान फिर्ता गरिएको जनाएका छन्।
प्रतिक्रिया
Facebook Comment