आज ‘विश्व दूरसञ्चार दिवस’ देशभर मनाइँदै

डिसी नेपाल
३ जेठ २०८२ ७:२८
40
Shares

काठमाडौं। आज विश्व दूरसञ्चार दिवस विभिन्न कार्यक्रम गरि देशभर मनाइने गरिन्छ। हरेक वर्ष मे १७ मा यो दिवस मनाउने गरिन्छ।

सन् १८६५ मे १७ मा आयोजित पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ सम्मेलनले अन्तर्राष्ट्रिय टेलिकम्युनिकेशन युनियन स्थापनाका लागि आधार तयार गरेको थियो। त्यही दिनको सम्झनामा सन् २००५ देखि विश्वभर दूरसञ्चार दिवस मनाउन थालिएको हो।

नेपालमा पनि समाज परिवर्तन एवं आर्थिक विकासका लागि सूचना तथा सञ्चार साधनहरूको उपयोगियताबारे चर्चा गर्दै विश्व दूरसञ्चार दिवस मनाइँदैछ। यस वर्षको दूरसञ्चार दिवसको नारा ‘दीर्घकालीन विकासका लागि डिजीटल नवप्रवर्तन’ भन्ने रहेको छ।

सन् १९१३ मा पहिलो पटक काठमाडौंमा टेलिफोन लाइन जोडिएको एक वर्षपछि सन् १९१४ मा काठमाडौंदेखि भारतको रक्सौलसम्म टेलिफोनको प्रयोजनका लागि तार लाइन जडान गरिएको थियो।

नेपालमा पहिलो पटक सन् १९९९ मा मोबाइल फोनको शुरुवात भएको थियो भने २००० बाट इन्टरनेटको व्यवसायिक शुरुवात भएको हो। त्यसपछि विस्तारै विकास हुदैँ गएको सञ्चार क्षेत्र वर्तमान अवस्थासम्म आई पुगेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *