दमकका पूर्वप्रमुख बुढाथोकीको निधन

डिसी नेपाल
३ जेठ २०८२ १३:३५
320
Shares

दमक । दमक नगरपालिकाका पूर्वनगर प्रमुख इन्द्रबहादुर बुढाथोकीको निधन भएको छ।

दमक–५ निवासी ७२ वर्षीय बुढाथोकीको आज बिहान ९:५५ बजे आफ्नै निवासमा निधन भएको हो । उहाँ केही समययता मुटु र मिर्गौला रोगबाट पीडित थिए। वि.सं. २०४९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा उहाँ नेकपा (एमाले)बाट नगर प्रमुखमा निर्वाचित भएका थिए।

पछिल्लो समय एमाले छाडेर उहाँ माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी सदस्यको जिम्मेवारीमा थिए। उनको आज नै अन्त्येष्टि गरिने जनाइएको छ।

पूर्वनगर प्रमुख बुढाथोकीको निधनप्रति दमक नगर उपप्रमुख रेगना भट्टराई प्रसाईंले समवेदना व्यक्त गरेकी छन्। उनले स्वर्गीय बुढाथोकीले नगर विकास, सामाजिक सेवा र नेतृत्वदायी भूमिकामार्फत दमकको समृद्धिमा पुर्‍याउनुभएको योगदान सदैव स्मरणीय रहने उल्लेख गरेकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *