प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा अवरोध नगर्न सभामुखले गरेको आग्रह रास्वपाद्वारा अस्वीकार

डिसी नेपाल
६ असार २०८२ ११:४१
148
Shares

काठमाडाैं। सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा अवरोध वा होहल्ला नगर्न आग्रह गरेका छन्।

रास्वपा प्रमुख सचेतक सन्तोष परियारलाई शुक्रबार बिहान संसद भवन नयाँ बानेश्वरस्थित कार्यकक्षमा बोलाएर सभामुखले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रभावित नगर्न आग्रह गरेका हुन्।

उनले प्रधानमन्त्री बोलिरहँदा वेलमा होहल्ला गर्ने कार्य शोभनीय नहुने बताउँदै विरोधको स्वरुप बदल्न आग्रह गरेका हुन्।

सभामुखको आग्रहलाई रास्वपाले अस्वीकार गर्दै आफ्नो विरोध जारी रहने बताए। रास्वपाको अवरोधका कारण प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रभावित हुने देखिएको छ।

सत्तापक्षका मुख्य सचेतक महेशकुमार बर्तौला र कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले पनि रास्वपालाई होहल्लाबीच प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर राख्ने वातावरण बनाउन आग्रह गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *