रास्वपा र राप्रपाको बिरोधपछि प्रधानमन्त्रीसँग प्रश्नोतर कार्यक्रम स्थगित

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षीको अबरोध पछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नहुने भएको छ। आजको बैठकमा मुख्यतयाः प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूले प्रश्नोत्तर गर्ने कार्यसूची रहेपनि प्रतिपक्षी दलले अबरोध गरेपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यसूचीवाट हटाइएको हो।
‘बिशेष कारणवस आज निर्धारित प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यसूची हटाइएको छु,’ सभामुख देवराज घिमिरले भने।
बिगत चैत १३ देखि भिजिट भिषा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु पर्ने तथा सो सबन्धमा छानबिन समिति बनाउनु पर्ने माग राखेर राष्ट्रिय स्वतन्त्र पार्टीले निरन्तर संसदको वेल घेराउ गर्दै नारावाजी गर्दै आएको छ। जो आज पनि निरन्तरता पाएको हो।
सो अघि सभामुख घिमिरेले रास्वपालाई प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा अवरोध वा होहल्ला नगर्न आग्रह गरिरहेका छन । तर, रास्वपा र राप्रपाले भने त्यसलाइ अस्वीकार गरेका छन्।
यसअघि रास्वपा प्रमुख सचेतक सन्तोष परियारलाई शुक्रबार बिहान संसद भवन नयाँ बानेश्वरस्थित कार्यकक्षमा बोलाएर सभामुखले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रभावित नगर्न आग्रह गरेका हुन्। सभामुखले प्रधानमन्त्री बोलिरहँदा वेलमा होहल्ला गर्ने कार्य शोभनीय नहुने बताउँदै विरोधको स्वरुप बदल्न आग्रह गरे पनि रास्वपाले भने अस्विकार गरेको थियो।
सभामुख घिमिरेको आग्रहलाई रास्वपाले अस्वीकार गर्दै आफ्नो विरोध जारी रहने बताए। रास्वपाको अवरोधका कारण प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रभावित हुने देखिएको छ।
सत्तापक्षका मुख्य सचेतक महेशकुमार बर्तौला र कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले पनि रास्वपालाई होहल्लाबीच प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर राख्ने वातावरण बनाउन आग्रह गरेका छन्।
Facebook Comment