तत्कालको आवश्यकतालाई ध्यानमा राखेर विधेयक ल्याउनुपर्नेमा जोड
काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले हटाइएका धाराहरुलाई हाललाई थाँती राख्दै तत्कालको आवश्यकतालाई ध्यानमा राखी विधेयक ल्याउनुपर्ने बताएका छन्।
शुक्रबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले राजनीतिक दलहरुको बिचमा सहमति भएको खण्डमा खास घटनाका लागि विधेयक ल्याउन सक्ने बताएका हुन्।
उनले भने, ‘केही मुद्दाहरु फिर्ता लिनुपर्ने आवश्यकता छ। राजनीतिक दलहरुको बिचमा छलफल भयो भने खास घटनाका लागि विधेयक ल्याउन सक्छौ। हटाएका धाराहरु छाडेर अघि बढ्दा हुन्छ र राजनीतिक दलहरुको बिचमा सहमती भए तत्कालको आवश्यकतालाई ध्यानमा राखेर व्यवस्था गर्न सकिन्छ।’
आजको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गरिएको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment