युक्रेन युद्धमा उत्तर कोरियाले रूसलाई बिना शर्त समर्थन गर्ने
काठमाडौं । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार देशका सर्वोच्च नेता किम जोङ-उनले युक्रेन विरुद्धको युद्धमा रुसलाई ‘निःशर्त समर्थन’ दिने बताएका छन्।
उत्तर कोरियाको भ्रमणमा रहेका रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँगको छलफलको क्रममा किम जोङ-उनले उनलाई ‘युक्रेनी संकटको मूल कारण’ लाई सम्बोधन गर्न रुसले चालेका सबै कदमहरूलाई समर्थन गर्ने बताए।
उत्तर कोरियाले युक्रेन विरुद्धको लडाईमा रुसलाई सहयोग गर्न ११,००० सेना पठाएको पश्चिमा अधिकारीहरूको विश्वास छ।
रुसले फेब्रुअरी २०२२ मा युक्रेनमाथि आक्रमण गरेको थियो। त्यसबेलादेखि दुई देशबीच युद्ध जारी छ।
यसैबीच, रुसी विदेशमन्त्री सर्गेई लाभरोभले टेलिग्राममा एउटा भिडियो पोस्ट गरेका छन्। यसमा लाभरोभले किम जोङ-उनलाई हात मिलाउँदै र अँगालो हाल्दै गरेको देखिन्छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment