बीमा कम्पनीलाई करोडौं ठग्न खोज्दा दुवै खुट्टा गुमे, पैसा पनि पाएनन्, उल्टै जेल सजाय
काठमाडौं । बीमा कम्पनीलाई ठगेर करोडौं कमाउने षड्यन्तर गर्दा एक व्यक्तिले आफ्ना दुवै खुट्टा गुमाउनुपरेको छ । यतिमात्र होइन ठगी गर्ने प्रयास गरेको खुलासापनि उनले पैसा पनि पाएनन् बरू उल्टै ठगीको आरोपमा जेल सजाय भने पाएका छन् ।
ताइवानका यी व्यक्तिले आफ्नो खुट्टालाई १० घण्टासम्म सुख्खा बरफको बाल्टिनमा डुबाएर पाँचवटा बीमा कम्पनीहरूलाई ठगी गर्ने प्रयास गरेका थिए । झाङ नाम गरेका ती व्यक्तिले सन् २००५ मा पाँच फरक कम्पनीबाट धेरै बीमा पोलिसीहरू खरिद गरेका थिए । यसमा स्वास्थ्य, जीवन, दुर्घटना, दीर्घकालीन हेरचाह र यात्रा बीमा सहित आठ प्रकारका बीमा समावेश थिए।
साउथ चाइना मर्निङ पोस्टको रिपोर्ट अनुसार २०२३ मा बीमा भुक्तानी दाबी लिने प्रयासमा झाङले आफ्नो स्कूलको साथी लियाओसँग मिलेर षड्यन्त्र रचे। जनवरी २६, २०२३ मा दुवैले न्यु ताइपेई शहरको एक पसलबाट सुख्खा बरफ किनेर ताइपेईको झोङशान जिल्लामा रहेको लियाओको घर फर्के।
त्यहाँ, झाङले आफ्ना नाङ्गा खुट्टा सुख्खा बरफले भरिएको बाल्टिनमा राखे जबकि लियाओले उनलाई प्लास्टिकको डोरीले कुर्सीमा बाँधे, ताकि प्रक्रिया असहनीय भएमा उनले खुट्टा तान्न नसकुन् । झाङले बिहान २ बजेदेखि दिउँसोसम्म कुल १० घण्टा आफ्नो खुट्टा सुख्खा बरफमा राखे ।
लियाओले झाङसँगै मिलेर सम्पूर्ण प्रक्रियाको फोटो र भिडियो खिचे। दुई दिनपछि झाङलाई अस्पतालको दुर्घटना तथा आपतकालीन कक्षमा भर्ना गरियो। जहाँ उनको दुवै खुट्टा गम्भीर फ्रस्टबाइट, साथै हड्डी नेक्रोसिस, सेप्सिस र रबडोमायोलिसिसको उपचार गरियो। यहाँ उनको दुवै खुट्टा काट्नु पर्यो।
यसपछि, दुवैले बीमा कम्पनीहरूलाई झाङ राति अबेर मोटरसाइकल चलाइरहेका थिए, अचानक उनको खुट्टा चिसो हुन थाल्यो जसको परिणामस्वरूप उनलाई गम्भीर शीतदंश भयो भन्ने झूटो दाबी गरे । उनीहरूले पाँच बीमा कम्पनीहरूको आठ पोलिसी अन्तर्गत दाबी पेश गरे। बीमावापत १४ लाख डलर अर्थात् १९ करोड रुपैयाँको माग गरियो।
यस अवधिमा एउटा कम्पनीले आफ्नो हिस्सा भुक्तानी पनि दिइसकेको थियो। जबकि अन्य चार कम्पनीहरूले दावीमा केही विसंगतिहरू फेला पारे र दाबीहरू अस्वीकार गरे। पछि, पाँचै बीमा कम्पनीहरूले यो कुरा प्रहरीलाई रिपोर्ट गरे, त्यसपछि अभियोजकहरूले उनीहरू दुवै विरुद्ध ठगी र जानाजानी एक व्यक्तिलाई आफूलाई हानि पुर्याउन मद्दत गरेको, गम्भीर चोट पुर्याएको आरोपमा मुद्दा दायर गरे।
२० जुन २०२५ मा ताइवान उच्च अदालतले झाङलाई दुई वर्षको जेल सजाय सुनाएको थियो, जसमध्ये दुई वर्ष निलम्बित रहनेछ, जबकि मुख्य योजनाकारको रूपमा पहिचान गरिएका लियाओलाई छ वर्षको जेल सजाय सुनाइएको थियो।
अदालतले लियाओले योजना कार्यान्वयन गरेको ठहर गर्यो, जबकि झाङले आफूलाई भएको क्षतिबाट धेरै दुःख भोगेका थिए र धेरै बीमा कम्पनीहरूसँग सम्झौता गरेका थिए। यसको विपरीत लियाओले तिनीहरूमध्ये कुनैसँग पनि सम्झौता गरेका थिएनन्।







डिसी नेपाल







Facebook Comment