सिंचाई गर्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु

डिसी नेपाल
७ साउन २०८२ १६:२२
76
Shares

रौतहट। रौतहटमा विद्युतीय मोटर मार्फत खेतमा सिंचाई गर्ने क्रममा करेन्ट लागेर दुई जना कृषकको मृत्यु भएको छ।

माधवनारायण नगरपालिका–४ विसुनपूर्वा मानपुरका ४० बर्षीय रामबाबु मुखियाँ र कटहरिया नगरपालिका–२ जमुनियाका ५२ बर्षीय मोक्तार देवानको मृत्यु भएको हो।

धान खेतमा सिँचाइका लागि विद्युतीय मोटर जोडने क्रममा करेन्ट लागेर दुबै जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

धान रोपाइँका लागि खेतमा सिंचाई गर्ने विद्युतीय मोटर जडानका बेलामा करेन्ट लागेर छुट्टाछुट्टै स्थानमा दुई जना कृषकको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीले बताए।

यहा आकाशे बर्षा नहुदा विद्युतीय मोटर मार्फत खेतमा सिंचाई गरि अधिकाश कृषकले धान रोपाइँ गरेका छन्। तर असावधानीका कारण करेन्ट लागेर ज्यान जाने गरेको डीएसपी कार्कीको भनाइ छ। करेन्ट लागेर अचेत भएका दुबै जनालाई स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए।

देवानको गए राति करेन्ट लागेको र गरुडामा रहेको ग्रान्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेको मुखियाको भने प्रादेशिक अस्पताल गौरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

मृतक दुवै जनाको शव प्रादेशकि अस्पताल गौरमा रहेको र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *