साफ यू- १७ महिला च्याम्पियनसिपः आज नेपाल भारतसँग भिड्दै
काठमाडौं। साफ यू- १७ महिला च्याम्पियनसिप अन्तर्गत आज नेपाल भारतसँग भिड्दै छ।
नेपाली समयअनुसार खेल आज अपराह्न ६ः०० बजे सुरु हुने छ।
डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत १२ अंकका साथ पहिलो स्थानमा छभने तीन अङ्कका साथ नेपाल तेस्रो स्थानमा छ। घरेलु मैदानमा कुनै जित ननिकालेको भुटान चौथो स्थानमा छ। नौ अंकका साथ बंगलादेश दोस्रो स्थानमा छ। प्रतियोगितामा यिनै चार देश सहभागी छन्।
खेल तालिकाअनुसार यही भदौ १५ गते भुटानसँग नेपालले प्रतिस्पर्धा गर्ने छ। उपाधि जित्ने होडबाट भने नेपाल बाहिरिसकेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment