इरानसँग वार्ता जारी छ, यो उसका लागि सम्झौता गर्ने अन्तिम मौका हो: अमेरिकी राष्ट्रपति ट्रम्प

डिसी नेपाल
१९ साउन २०८३ ११:२४

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता हाल जारी रहेको दाबी गरेका छन्। उनले इरानका लागि ‘एक राम्रो सम्झौतामा हस्ताक्षर गर्ने यो अन्तिम मौका’ भएकोसमेत बताएका छन्।

व्हाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीका क्रममा ट्रम्पले इरानकै अनुरोधमा यो वार्ता सुरु भएको दाबी गरे।

यसै क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले इरानी नेतृत्वमाथि दोहोरो चरित्र देखाएको आरोप लगाएका छन्। सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मा जारी एक पोस्टमा ट्रम्पले भनेका छन् – इरानी नेतृत्व वार्ताका लागि बैठकको अनुरोध गर्छ, तर सार्वजनिक रूपमा भने दुई देशबीच कुनै वार्ता नभएको दाबी गर्छ।

अमेरिकी राष्ट्रपतिले थप दाबी गर्दै भने, ‘हर्मुज जलडमरूमध्य पहिल्यैदेखि अमेरिकी नौसेनाको पूर्ण नियन्त्रणमा छ र उनीहरूको अनुमतिविना इरानसम्म केही पनि पुग्न सक्दैन। यो स्थिति तबसम्म कायम रहनेछ, जबसम्म कुनै सम्झौता हुँदैन वा इरानले आत्मसमर्पण गर्दैन।’

उता, ट्रम्पले सोमबार अमेरिकी कम्पनीहरूलाई इन्धनको मूल्यमा तत्काल कटौती गर्नसमेत अपिल गरेका छन्।

विश्लेषकहरूका अनुसार, बढ्दो इन्धनको मूल्य र महँगीलाई लिएर चुलिएको चिन्ता नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि रिपब्लिकन पार्टीका लागि ठूलो चुनौती बन्न सक्छ।

यदि महँगीको दबाब यसरी नै जारी रहेमा रिपब्लिकन पार्टीले प्रतिनिधि सभामा आफ्नो बहुमत गुमाउन सक्ने र कंग्रेसमा उसको नियन्त्रण पनि कमजोर हुन सक्ने अनुमान गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *